दफा ४
अन्तर संस्थागत एवं जनसहभागिताको परिचालन
४. अन्तर संस्थागत एवं जनसहभागिताको परिचालन
४.१ ग्रामीण क्षेत्रमा परम्परागत रूपमा जडिबुटीहरूको माध्यमबाट औषधी गरिरहेका स्वास्थ्यकर्मीहरू, धामी झाँक्री, महिला स्वयंसेविका, सुडेनी, सामाजिक संघ संस्थाका कार्यकर्ताहरूलाई जडिबुटी उत्पादन, सम्बद्र्धन, संकलन, संरक्षण र प्रयोगको तालीम दिई आयुर्वेद चिकित्सा सेवामा जनसहभागिताको परिचालन गरिनेछ ।
४.२ आयुर्वेद क्षेत्रसँग समन्वयका लागि जडिबुटी वन, आरक्षण क्षेत्र दुर्गम क्षेत्र विकास समिति, कृषि, शिक्षा आदि क्षेत्रका सरकारी एवं गैह्र सरकारी तहमा राष्ट्रिय स्तरदेखि ग्रामीण स्तरसम्म अन्तरसंस्थागत समन्वय समितिहरू कायम गरिनेछन् ।